बैतडीमा जीप दुर्घटना,मानवीय क्षति भने भएन

खबर बुक
  • ख-
  • ख
  • ख+

बैतडी, १६ माघ । बैतडीमा जीप दुर्घटना भएको छ । दशरथचन्द नगरपालिका-५ को कार्यालय पल्लाचौंडाली नजिकै कच्ची सडकमा से१ज ३३१ नम्बरको जीप सोमबार बिहान ११ बजे दुर्घटनामा भएको दशरथचन्द नगरपालिकाका सूचना अधिकारी राजबहादुर विष्टले बताउनुभयाे ।

गोठलापानीबाट पल्लाचौंडालीमा यात्रु पुर्‍याएर गोठलापानी फर्कदै गरेको जीप दुर्घटनामा भएको हो । जीप सडकबाट २० मिटर तल खसेको भएपनि मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । जीपमा चालकमात्रै रहेको बताइएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्