युवतीमाथि करणी गरेको आरोपमा रुकुमपश्चिमबाट एक जना पक्राउ

खबर बुक
  • ख-
  • ख+

रुकुमपश्चिम, १५ माघ । एक युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा रुकुमपश्चिमबाट प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । जबरजस्ती करणीको आरोपमा धादिङका २७ वर्षीय जनक श्रेष्ठलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक राजीव श्रेष्ठले मुसिकोट नगरपालिका-१ निवासी २२ वर्षीया एक युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा श्रेष्ठलाई पक्राउ गरिएको बताए ।

युवती माघ ११ गते राति बलात्कारमा परेकी थिइन् । अभियुक्त श्रेष्ठलाई रुकुमपश्चिम जिल्ला अदालतबाट म्याद थप गरेर घटनाको अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्