खानेपानी मन्त्रीद्वारा जिम्मेवारी पाएको एक सातापछि पदभार ग्रहण

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, ११ माघ ।  खानेपानी मन्त्री अब्दुल खानले जिम्मेवारी पाएको एक सातापछि पदभार ग्रहण गर्नुभएको छ ।

मन्त्री खानले बुधबार दिउसो मन्त्रालय पुगेर पदभार ग्रहण गर्नुभएको हो । पदभार ग्रहण गर्दै मन्त्री खानले सवैको सुझाव लिएर मन्त्रालयको कामलाई प्रभावकारी बनाउने बताउनुभयो । उहाले स्वच्छ खानेपानीको अभावले लाखौ मानिस प्रभावित हुने भएकाले पानीको गुणस्तर परिक्षण गर्ने कामको सुरुवात गर्नुपर्ने धारणा राख्नुभयो । खानेपानी सम्बन्धी समस्याहरु समाधानका लागि कार्ययोजना बनाएर काम गर्ने उहाको भनाइ छ । मन्त्री खानले नीतिगत देखि राजनीतिक अवरोधहरुको रिपोर्टिङ गर्न निर्देशन दिदै आफ्नो कामलाई इमान्दारीपूर्वक गर्न पनि निर्देशन दिनुभयो ।

पुष ११ गते जनमत पार्टीबाट विनाबिभागीय मन्त्री बनेका खानलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माघ ३ गते खानेपानी मन्त्रीमा नियुक्त गर्नुभएको थियो, तर पूर्वसहमति अनुसार आपूर्ति मन्त्रालय नपाएको भन्दै उहाले खानेपानीमन्त्रीका रुपमा पदभार गर्न मान्नुभएको थिएन ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्