ट्राफिक प्रहरीका कारण व्यवसायी धरासयी भएको भन्दै महानगरपालिकाको ध्यानाकर्षण

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ११ माघ । अटो व्यवसायीहरुले ट्राफिक प्रहरीका कारण आफ्नो व्यवसायी धरासयी भएको भन्दै काठमाडौं महानगरपालिकाको ध्यानाकर्षण गराएका छन् ।

कुलेश्वर क्षेत्रमा आफ्नो पसल अगाडी सवारी साधन रोक्न नदिएको र जसका कारण आफ्नो व्यवसाय नै धरासयी भएको भन्दै कुलेश्वर अटो व्यवसाय संघले विरोध प्रदर्शन सहित महानगरको ध्यानाकर्षण गराएको हो । प्रदर्शनमा सहभागीहरुले ट्राफिक आतंक बन्द गर, काठमाडौं महानगरपालिका गरि खाना देउ लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

संघका अध्यक्ष जिवराज भट्टराईले केहि दिन देखि आफ्नो व्यवसाय अगाडीको क्षेत्रमा ट्राफिक प्रहरीले हस्तक्षेप गरेको कारण बाध्य भएर प्रदर्शन गर्नुपरेको बताउनुभयो । उहाले महानगरले गर्नुपर्ने काम ट्राफिक प्रहरीले गरेको र ट्राफिक प्रहरीले गर्नुपर्ने काम महानगरले गरेकाले ध्यानाकर्षण गराइएको बताउनुभयो ।

महानगरले केहिदिन भित्र यस बिषयमा सुनुवाई गर्ने आश्वास दिएको उहाले जानकारी दिनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्