१५ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा बुबा पक्राउ

न्युज कारखना
  • ख-
  • ख+

बागलुङ, १० माघ । बागलुङमा १५ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा बुबा पक्राउ परेका छन् । छोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा ३३ वर्षीय बुबालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक (एसपी) दयानिधि ज्ञवालीले गत असोज ४ गते श्रीमानबाट छोरी बलात्कारमा परेको भन्दै बालिकाकी आमाले सोमबार (माघ ९ गते) दिएको उजुरीका आधारमा बुबालाई पक्राउ गरिएको बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्