निष्पक्ष र तटस्थ भूमिका निर्वाह गर्ने : नवनिर्वाचित सभामुख देवराज घिमिरे

खबर बुक
  • ख-
  • ख+

काठमाडौं माघ ५ । प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख देवराज घिमिरेले निष्पक्ष र तटस्थ भूमिका निर्वाह गर्ने बताउनुभएको छ ।

सभामुखमा निर्वाचित भएपछि बिहीबार संसद भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै सभामुख घिमिरेले सभामुख चयनको क्रममा प्रजातन्त्रको सुन्दर अभ्यास भएको भन्दै निष्पक्ष र तटस्थ भूमिका निर्वाह गर्ने बताउनुभएको हो । उहाले बिगतको कमी कमजोरीलाई आफ्नो कार्यकालमा दोहराउन नदिने स्पष्ट पार्नुभयो । संसदलाई दलहरुसंग समन्वय गरेर अघि बढाउने उहाको भनाइ छ ।

घिमिरे बिहीबार सभामुखमा निर्वाचित हुनुभएको हो ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्