विमान दुर्घटनाप्रति संसदले विशेष प्रस्ताव पारित गर्ने

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ५ माघ । प्रतिनिधिसभाले पोखरामा भएको विमान दुर्घटनाका विषयमा विशेष प्रस्ताव पारित गर्ने भएको छ ।

प्रतिनिधिसभाको जारी बैठकमा बोल्ने सबै सांसदहरुले १ माघमा पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाबारे आ–आफ्नो धारणा राखेका छन् ।

सोही क्रममा बैठकमा बिहीबार नै प्रतिनिधिसभाले पोखरा विमान दुर्घटनाका विषयमा विशेष प्रस्ताव पारित गर्ने जानकारी गराइएको हो ।

१ माघमा काठमाडौंबाट पोखरा उडेको चालक दलका चार सदस्यसहित ७२ जना सवार यती एयरलाइन्सको विमान दुर्घटनामा परेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्