राष्ट्रपति भण्डारीले गरिन्,सुनसरीका धार्मिक स्थलको दर्शन

न्युज कारखना
  • ख-
  • ख+

विराटनगर, १ माघ  ।  राष्ट्रपति बिदादेवी भण्डारीले सुनसरीमा रहेका धार्मिक स्थलमा दर्शन गरेकी छिन् । मकर सङ्क्रान्तिको अवसर पारेर नेपाली सेनाको हेलिकप्टरबाट आएकी राष्ट्रपतिले धार्मिक स्थल वराहक्षेत्र मन्दिर दर्शन गर्दै सप्तकोसी र कोका कौशिकी खोलाको सङ्गम स्थलमा स्नान गरेकी हुन् ।
उनले वराहक्षेत्र भित्रका विभिन्न मठमन्दिर प्रवेश गर्दै दर्शन गरेकी थिइन् । वराहक्षेत्र मन्दिरमा एक घण्टा बिताएकी राष्ट्रपति भण्डारीले तिर्थालु तथा भक्तजन सगं पनि भेट गरेकी थिइन ।
त्यस लगतै उनी धरानमा रहेका बुढासुब्बा, दन्तकाली र पिन्डेस्वर मन्दिर दर्शन गरेकी थिइन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्