काठमाडौं, ३० पुस।त्रिभुवन विश्वविद्यालयले चैत ५ गते स्वतन्त्र विद्यार्थी युनियनको चुनाव गर्न मातहतका क्याम्पसलाई निर्देशन दिएको छ ।
त्रिविको रजिस्ट्रार कार्यालयले आङ्गिक सम्बन्धन प्राप्त सामुदायिक क्याम्पसलाई तोकिएकै मितिमा चुनाव गराउनको लागि विद्यार्थी भर्ना, लगत सङ्कलन, परीक्षालगायतको तयारी गर्न पनि भनेको छ ।











