बालिका बलात्कार आराेपमा युवक पक्राउ

खबर बुक
  • ख-
  • ख+

दाङ, २२ पुस । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आराेपमा लमही नगरपालिका-९ बस्ने २२  वर्षीय अनोवर कुमार यादवलाई प्रहरीले पक्राउ गरेको छ ।

यादवले ती बालिकालाई सोही नगरपालिका-९ स्थित भडरकुण्डीको जंगलमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट रिहार र वडा प्रहरी कार्यालय लमहीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्