कांग्रेसले बोलायो संसदीय दलको बैठक

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २० पुस । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । पुस २५ मा बस्ने प्रतिनिधिसभाको बैठकअघि दुई दिनअघि कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो ।  कांग्रेस संसदीय दलका मुख्य सचेतक रेमश लेखकका अनुसार २३ पुसमा अपरान्ह १ः ०० बजे संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक बस्नेछ ।

यस्तै कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २८ पुसमा बस्ने भएको छ । २२ पुसका लागि बोलाइएको बैठक सर्दै २८ पुसका लागि बोलाइएको कांग्रेस मुख्य सचिज कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

उनका अनुसार २२ पुसका लाथि निर्धारित बैठकको मिति परिवर्तन गरेर २८ पुस दिउँसो १ बजे बस्ने निश्चित गरेको मुख्यसचिव पौडेलले बताए । साथै २३ पुसमा कांग्रेस संसदीय दलको बैठक बस्ने उनले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्