इजरायलमा बेन्जामिन नेतान्याहुले लिए सपथ

खबर बुक
  • ख-
  • ख+

इजरायल, १६ पुस।इजरायलमा बेन्जामिन नेतान्याहुले देशको प्रधानमन्त्रीको रूपमा सपथ लिएका छन् । संसदमा भएको मतदानपछि नेतान्याहुले इजरायलको प्रधानमन्त्रीको सपथ लिएका हुन् ।

नेतान्याहुले आफ्नो नयाँ सरकारलाई अनुमोदन गरेपछि केही मिनेटमा सपथ लिएका थिए । संसदका १२० सदस्यमध्ये ६३ ले नेतान्याहुको पक्षमा मतदान गरे । दक्षिणपन्थी पार्टीको गठबन्धनमा नेतान्याहु तेस्रो पटक प्रधानमन्त्री बनेका हुन् ।

नेतान्याहुमाथि आर्थिक अनियमितताको आरोप लाग्दै आएको छ । इजरायलमा चार वर्षमा पाँचौ पटक निर्वाचन भएको थियो । तर, निर्वाचनमा कुनै पनि पार्टीले बहुमत ल्याउन सकेनन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार