भन्सार नतिरी ल्याइएका मोबाइल सेट आजदेखि नचल्ने

खबर बुक
  • ख-
  • ख+

भन्सार नतिरी ल्याइएका मोबाइल सेटहरु आजदेखि नचल्ने भएका छन् ।

नेपाल दूरसंचार प्राधिकरणले मोबाइल फोनमा एमडीएमएस नीति लागू गरेकाले भन्सारमा दर्ता नभई आएका सेटहरु नचल्ने भएका हुन । विदेश र भारतबाट अवैध रुपमा भित्रिने मोबाइल रोक्ने उद्देश्यले प्राधिकरणले यो नीति लागू गरेको हो ।

गत भदौ अघि नेपाल भित्रिएका मोबाइल सेटहरु भने चल्नेछन् । भदौपछि भन्सार नतिरी भित्रिएका सेटहरु भने एमडीएमएस दर्ता गरेपछि मात्रै चल्ने पनि प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले यस अघि नै सार्वजनिक सूचना जारी गर्दै पुस १५ गतेपछि कुनै पनि मोबाइल फोन एमडीएमएसमा दर्ता नगरिने बताएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्