भक्तपुर, १४ पुस । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) सचिव एवं सांसद प्रेम सुवालले आफ्नो दल प्रतिपक्षमै रहने बताउनुभएकाे छ ।
सेवा निवृत्त शिक्षक समाजले भक्तपुरमा गरेको शुभकामना कार्यक्रममा उहाले पार्टी सरकारमा सामेल नहुने स्पष्ट पार्नुभएकाे हाे । नेमकिपाबाट संघीय संसदमा सुवाल एक्लै हुनुहुन्छ । बागमती प्रदेशमा तीन सांसद छन् ।
संघ र बागमती प्रदेश दुबैमा नेमकिपा प्रखर प्रतिपक्षमै रहने सुवालले जनाउनुभयाे ।
निर्वाचनमा जनतासँंग सरकारमा नगई प्रतिपक्षमा बस्ने प्रतिवद्धताका साथ घोषणापत्र जारी गरी मत मागेको हुनाले आफूहरुले ठूला दलले जस्तै जनतालाई धोका दिन नसक्ने उहाको भनाइ थियो ।












