उपप्रधान एवं अर्थमन्त्री पौडेलद्वारा पदभार ग्रहण

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ११ पुस । प्रचण्ड नेतृत्वको सरकारका उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले पदभार ग्रहण गरेका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएलगत्तै उनले सिंहदरबारस्थित अर्थमन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका हुन् ।
अर्थमन्त्रीका रुपमा पौडेलको यो तेस्रो कार्यकाल हो ।

मन्त्री  पौडेलले विज्ञसँग छलफल गरेर संकटमा रहेको अर्थतन्त्र सुधार गर्न आवश्यक कदम चालिने बताउनुभएको छ ।

सोमबार सिंहदरबार पदभार ग्रहण गरेपछि मन्त्री पौडेलले अर्थतन्त्र संकटका राष्ट्रिय तथा अन्तराष्ट्रिय कारणहरु पत्ता लगाउन विज्ञसँग छलफल गरेर आवश्यक काम गर्ने बताउनुभयो ।

उहाले अर्थतन्त्रमा देखिएका चुनौती काबुबाहिर नभएको समेत बताउनुभयो । संकटको डिलमा रहेको अर्थतन्त्रलाई सुरक्षित ठाउँमा फर्काउनका लागि धेरै ठूलो मेहनत गर्नुपर्ने र आफ्नै र दुनियाँका अनुभवबाट पाठ सिकेर काम गर्ने उहाको भनाई छ ।  पदभार सम्हाल्दै अर्थमन्त्री पौडेलले अर्थमन्त्रालय र मातहतका निकायका काम डिजिटलाइज गर्ने निर्णयमा हस्ताक्षर गर्नुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्