मन्त्रालय भागबन्डामा कुरा मिलिसकेको छैन : बाबुराम भट्टराई

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ११ पुस । सत्ता गठबन्धनभित्र मन्त्रालयको भागबन्डाबारे अझै सहमति जुट्न सकेको छैन । सोमबार अपरान्ह ४ बजे नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पद तथा गोपनीयताको शपथ लिँदैछन् ।

यसअघि मन्त्रालय बागबन्डा गर्न गठबन्धन आवद्ध दलको बैठक बसिरहेको छ । नयाँबानेश्वरस्थित संसद भवनमा जारी बैठकमा मन्त्रालय भागबन्डा गर्ने विषयमा सहमति भइसकेको छैन ।

मन्त्रालय भागबन्डा गर्ने विषयमा कुरा भइरहेको छ । सहमति जुटिसकेको छ्रैन । शपथ लिन जानुअघि सहमति हुन्छ,’ बैठकबाट बाहिरिएका पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले भने ।

सत्तारुढ दल राप्रपामा सरकारमा नजाने भएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्