
काठमाण्डौ, पुष ९ । नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको फेरि प्रधानमन्त्री हुने चाहना पूरा नहुने दाबी गर्नु भएको छ ।
पुन स् एकपटक प्रधानमन्त्रीका हुनका लागि दाहालले अधिकतम प्रयास गरिरहेका बेला एमाले अध्यक्ष ओलीको यस्तो प्रतिक्रिया बाहिर आएको हो । एमाले प्युठान–काठमाण्डौ सम्पर्क मञ्चले शनिबार पार्टीको केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले समयमा कदम नचालेकाले दाहालको प्रधानमन्त्री हुने इच्छा समाप्त भएजस्तो आफूले देखेको तर्क समेत गर्नु भयो ।