आमाको किरियामा रहेका प्रेम आलेले शपथ लिन पाएनन्

न्युज कारखाना 
  • ख-
  • ख+

काठमाडौं, ७ पुस । बिहीबार सम्पन्न नवनिर्वाचित सांसदहरूको शपथ कार्यक्रममा पूर्व मन्त्री एवं नेकपा एकीकृत समाजवादीका प्रेमबहादुर आले अनुपस्थित भएका छन् । आमाको किरियामा रहेकाले आले शपथ ग्रहण कार्यक्रममा उपस्थित हुन नसकेका हुन् ।

आलेकी आमा गंगादेवीको ७९ वर्षको उमेरमा सोमबार निधन भएको थियो । काठमाडौंमा उपचारका क्रममा गंगादेवीको निधन भएको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्