बन्चरेडाँडा जाने सडक स्तरोन्नति गरिँदै, काठमाडौंकाे फोहोर व्यवस्थापन प्रभावित हुने

न्युज कारखाना 
  • ख-
  • ख+

काठमाडौं, ७ पुस । आगामी एक हप्ता काठमाडौं उपत्यकाको फोहर व्यवस्थापन प्रभावित हुने भएको छ । बन्चरेडाँडा जाने सडक मर्मत गर्नुपर्ने भएकाले फोहोर व्यवस्थापन प्रभावित हुने शहरी विकास मन्त्रालयले जनाएको छ ।

सिसडोलदेखि बञ्चरेडाँडासम्म जाने करिब दुई किलोमिटर सडक मर्मतको काम भइरहेकाले आगामी एक हप्ता व्यवस्थापनको काम नहुने मन्त्रालयले जनाएको हो ।

फोहरका गाडी आवतजावत गर्दा बाटो मर्मतको काममा समस्या आउने भएकाले केही दिन फोहरका गाडी नपठाउन मन्त्रालयले काठमाडौं महानगरपालिकालाई आग्रह गरेको छ ।

महानगरपालिकाले बिहीबार सार्वजनिक सूचनामार्फत यस अवधिमा आ-आफ्नो घर, पसल व्यवसायबाट उत्पन्न हुने कुहिने र नकुहिने फोहरलाई सडक, चोक, सार्वजनिक स्थलमा नफाल्न भन्दै घरभित्रै छुट्टाछुट्टै राख्न अपिल गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्