वामपन्थीको सरकार बनाउने विषय जनता अलमल्याउने कुरा मात्र हाे- अध्यक्ष नेपाल

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ४ पुस । नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वामपन्थीको सरकार बनाउने विषय जनता अलमल्याउने कुरा मात्र भएको बताउनुभएको छ ।

सोमबार काठमाडौमा पार्टीबाट निर्वाचित सांसदहरुलाई बधाइ तथा शुभकामना दिन आयोजित कार्यक्रममा अध्यक्ष नेपालले अहिले सरकार गठनको बिभिन्न चर्चा परिचर्चा हुन थालेको र वामपन्थी मिलेर सरकार बनाउने कुरा आएको भन्दै जनता अलमल्याउने काम हुन थालेको बताउनुभएको हो । उहाले कम्युनिष्ट आन्दोलन विसर्जन भइरहेको देख्दादेख्दै पुरानै अवस्थामा आफुहरु फर्कन नसक्ने पनि बताउनुभयो । अध्यक्ष नेपालले गठबन्धनका दलहरु आन्तरिक छलफलमा रहेकाले एकै ठाउमा बसेर सरकार गठनको समीकरण टुंगो लगाउने धारणा राख्नुभयो । अहिलेकै गठबन्धनलाई लामो समयसम्म कायम आफुहरु प्रतिवद्ध रहेको भन्दै उहाले गठबन्धनभित्रकै दलहरुका नेताहरुमा अहंकार पलाए जस्तोसुकै स्थितिको सामना गर्न तयार हुने बताउनुभयो ।

त्यस्तै एकिकृत समाजवादीका सम्मानीत नेत झलनाथ खनालले अहिले सरकार गठनको बिभिन्न कोणबाट छलफल भएपनि बामलोकतान्त्रिक शक्तिहरुको सरकार बन्ने सम्भावना प्रवल रहेको धारणा राख्नुभयो । उहाले वामपन्थी सरकार बन्ने आधार एमाले नेतृत्वले यसअघि नै तोडेकाले अहिले वामपन्थी सरकार बन्न नसक्ने तर्क गर्नुभयो ।

उहाले आगामी सातासम्म सरकारको बारेमा टुङ्गो लाग्ने जिकिर गर्नुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्