कांग्रेसबाट निर्वाचित सांसदहरूलाई प्रधानमन्त्रीकाे वालुवाटारमा चियापान

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २ पुस ।  प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसबाट निर्वाचित सांसदहरूलाई प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले आज वालुवाटारमा चियापान कार्यक्रम आयोजना गरेका छन् । ३ बजेका लागि बोलाइएको कार्यक्रम भर्खरै सुरु भएको छ ।

नवनिर्वाचित सांसदहरूलाई सभापति देउवाले बधाई तथा शुभकामना दिन चियापान कार्यक्रम आयोजना गरिएको स्रोतको भनाइ छ । तर, कतिपय सांसदले भने संसदीय दलको नेताको रुपमा आफूलाई अघि सार्ने तयारीका रुपमा चियापान कार्यक्रम बोलाएको हुनसक्ने अनुमान गरेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्