मिलको फितामा बेरिएर धनुषामा एक महिलाको मृत्यु

न्युज कारखाना 
  • ख-
  • ख+

काठमाडौं, २९ मंसिर । धनुषामा धान कुट्ने मिलको फितामा बेरिएर एक जनाको ज्यान गएको छ ।

मिथिला बिहारी नगरपालिका–५ ललिया बस्ने ३५ वर्षीया कालोदेवी साहको धान कुट्ने मिलको फितामा बेरिएर मृत्यु भएको हो ।

धान कुटाउने क्रममा मिलको फितामा सारी र बर्को बेरिन गइ मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले हाल फरार धान कुट्ने मिलको व्यक्तिहरूको खोजी गरिरहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्