काठमाडौं, मंसिर २८ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले समाजका सवैखाले बिभेदका बिरुद्ध एकजुट हुनुपर्ने बताउनुभएको छ ।
राष्ट्रिय आदिवासी जनजाती महिला महासंघको ८ औं राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै मन्त्री रेग्मीले नश्लिय विभेद, लैङ्गिक बिभेद लगाएत सवैखाले बिभेदका बिरुद्ध एकजुट हुनुपर्ने बताउनुभएको हो । उहाले पृतिसत्तावाद, अन्तविश्वास, रुढिवादी सामन्तवाद अझै हावी रहेकाले सवै महिलाहरु पनि एकजुट भएर अधिकारका लागि लड्नुपर्ने भन्दै जातीवादमा गए आन्दोलन कमजोर हुने धारणा राख्नुभयो ।
अहिले पनि आधिकारको कुरा गर्दा सवै भन्दा बढि आदिवासी महिलाहरुले अधिकार पाएकाले प्राप्त अधिकारलाइ रक्षा गर्नुपर्ने उहाले बताउनुभयो । मन्त्री रेग्मीले मुलुकमा धार्मिक स्वतन्त्रता रहेकाले कुनै धर्मको विरुद्धमा लाग्न नहुनेमा जोड दिनुभयो ।













