हुम्लाको सिमकोटबाट १५ वर्षीया किशोरी बेपत्ता

खबर बुक
  • ख-
  • ख+

सिमकोट, २६ मंसिर । सिमकोट गाउँपालिका–७ को धारापोरी गाउँकी एक जना किशोरी बेपत्ता भएकी छन् । प्रहरीका अनुसार धारापोरी गाउँकी १५ वर्षकी परेउकला सिंह सोमबार दिउँसोबाट बेपत्ता भएको प्रहरीले जनाएको छ ।

बेपत्ता हुनुअघि सिंहले मेरो आत्माले शान्ति पाओस् भन्ने लेखेको पत्र धारापोरी प्रहरीलाई प्राप्त भएको थियो । पत्रका आधारमा प्रहरी नजिकैको कर्णाली नदीमा हामफालेको हुन सक्ने आशंका गरेको छ । सोही गाउँपालिका–८ को खोल्सी गाउँका एक जना युवा अनिल शाहीसँग सिंहको प्रेम सम्बन्ध थियो ।

आइतबार ती युवाले अर्कै युवतीसँग बिहे गरेको जानकारी पाउनेबित्तिकै उनी बेपत्ता भएकी हुन् । बेपत्ता सिंहका परिवारले युवाविरुद्ध प्रहरीमा उजुरी दिएका छन् ।

अहिले प्रहरी र स्थानीय मिलेर सिंहको खोजी जारी राखेको छ । अर्कै केटी बिबाह गरेका शाही पनि बेपत्ता रहेको प्रहरीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार