बैतडीमा जिप दुर्घटना हुँदा चालकको मृत्यु

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २३ मंसिर । बैतडीमा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । पाटन नगरपालिका- १० मा शुक्रबार बिहान भएको जिप दुर्घटनामा परी चालकको घटनास्थलमै मृत्यु भएको हो।

मृत्यु हुनेमा जिप चालक  डडेलधुराको नवदुर्गा गाउँपालिका-५ का ३६ वर्षीय तेजबहादुर साउद रहेका प्रहरीले जनाएको छ । जिप सडकबाट १५० मिटर तल खसेको र जिपमा अन्य यात्रु सवार नरहेको प्रहरी चौकी खोड्पेले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्