एकीकृत समाजवादीका अध्यक्ष नेपालसँग अमेरिकी राजदूतको भेट

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २१ मंसिर । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र अमेरिकी राजदूत डिन आर थोम्पसनबीच भेटवार्ता भएको छ ।

बुधबार दिउँसो एकीकृत समाजवादीको केन्द्रीय कार्यालय शान्तिनगरमा नेपाल र थोम्पसनबीच भेटवार्ता भएको हो ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले थोम्पसनलाई कार्यकाल सफलताको कामना गरेका थिए । दुवैबीच नेपाल अमेरिका सम्बन्धका विविध विषयमा कुराकानी भएको नेपालको निजी सचिवालयले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्