३१६ पदका लागि प्रदेश १ को लोकसेवाले खुलायो जागिर

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १९ मंसिर।।प्रदेश नम्बर १ को प्रदेश लोक सेवा आयोगले ३१६ पदका लागि दरखास्त माग गरेको छ ।

स्थानीय सरकारी सेवाका विभिन्न समूहका प्राविधिक तर्फका पदहरूको आन्तरिक प्रतिस्पर्धा, खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाका लागि आह्वान गरेको हो ।

आह्वान गरिएकामध्ये २१७ जना खुलातर्फका छन् । महिलाका लागि ४६ पदमा दरखास्त खुलाइएको छ भने १४ वटा कोटा मधेसीका लागि छुट्याइएको छ ।

दलितका लागि एउटा मात्रै कोटा दिइएकोमा बाँकी आदीवासी जनजाती कोटामा दरखास्त खुलाएको छ । १७ जना भने आन्तरिक प्रतिस्पर्धामार्फत भिड्ने छन् ।  चैत २५ बाट लिखित परीक्षा सुरु भई जेठ २०सम्म कायम रहने छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्