सरकारले तोकेको समयमा प्रतिनिधिसभा निर्वाचन गर्न तयार छ -निर्वाचन आयोग

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, कार्तिक २१ । निर्वाचन आयोगले सरकारले तोकेको समयमा प्रतिनिधिसभा निर्वाचन गर्न तयार रहेको जनाएको छ ।

सिंहदरबारमा शुक्रबार बसेको राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति बैठकमा आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनको शान्ति सुरक्षाको प्रतिवद्धता सरकारले जनाएपछि आयोगले निर्वाचनको तयारी तीव्र रुपमा गरिरहेको जानकारी दिनुभयो ।

अहिलेको अवस्थामा निर्वाचनको बिकल्प नभएकाले यसमा दुविधा राख्न जरुरी नरहेको उहाले बताउनुभयो । उहाले निर्वाचनका सम्बन्धमा दलहरुसंग छलफल गर्दा सवै दलहरु निर्वाचन जान तयार रहेको प्रतिवद्धता प्राप्त भएको तर दलहरुको सरोकार शान्ति सुरक्षामा रहेको उल्लेख गर्नुभयो ।

उहाले अहिलेको ऐनमा विदेशमा रहेका नेपाली नागरिकको मताधिकारको व्यवस्था नरहेको भन्दै सरकारले कानून बनाएर दिए कार्यान्वयन गर्न आयोग तयार रहेको बताउनुभयो । त्यस्तै माघ ११ गते सम्पन्न हुने राष्ट्रियसभा निर्वाचनको तयारी पनि अघि बढेको उहाले बताउनुभयो ।

बैठकमा समिति सदस्यहरुले तोकिएको समयमा निर्वाचन सम्पन्न गर्न आयोगले गरेको तयारीका बारेमा चासो व्यक्त गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्