काठमाडौँ । CSC Global Education Foundation ले नेपाली विद्यार्थीहरूका लागि विशेष रूपमा आयोजना गरेको “Canadian Education Mela” भोलि (नोभेम्बर ८, २०२५, शनिबार) काठमाडौँको पुतलीसडकस्थित CSC Global कार्यालयमा हुने भएको छ।
मेलाको उद्देश्य नेपाली विद्यार्थीहरूलाई क्यानाडामा अध्ययन, छात्रवृत्ति र स्थायी बसोबास (PR) pathways बारे प्रत्यक्ष र व्यवहारिक जानकारी प्रदान गर्नु रहेको आयोजकले जनाएको छ।
अनुभवी विज्ञहरूसँग प्रत्यक्ष अन्तरक्रिया कार्यक्रममा क्यानाडियन शिक्षा र आप्रवासनका दुई अनुभवी विज्ञहरूको प्रस्तुति रहनेछ ।हरि अधिकारी, वरिष्ठ शिक्षा सल्लाहकार (२० वर्ष अनुभव), जसले “Study to PR Pathway in Canada” विषयमा क्यानाडामा अध्ययन, करिअर र दीर्घकालीन अवसरबारे प्रस्तुति दिनेछन्।
त्यस्तै, श्री अच्युत ढुंगाना, जो क्यानाडाबाट दर्ता भएका Registered Immigration Consultant (RCIC) हुनुहुन्छ, मेलामा उपस्थित रहनुहुनेछ। उहाँले Post-Study Work Permit, Express Entry, र Provincial Nominee Program (PNP) लगायतका PR pathways बारे अद्यावधिक जानकारी दिनेछन्।
“सही तयारी र योजनासँग विद्यार्थीहरू सजिलै क्यानाडाको स्थायी बसोबाससम्म पुग्न सक्छन्,” — अच्युत ढुंगाना, इमिग्रेशन कन्सल्ट्यान्ट
प्रतिष्ठित क्यानाडियन विश्वविद्यालय र कलेजहरूको सहभागिता
मेलामा क्यानाडाका प्रमुख विश्वविद्यालय र कलेजका प्रतिनिधिहरू सहभागी हुने छन्, जसले विद्यार्थीहरूलाई उनीहरूको रुचि, अध्ययन क्षेत्र, र भविष्यको लक्ष्यअनुसार कोर्स छनोट, आवेदन प्रक्रिया, छात्रवृत्ति अवसर, र भिसा परामर्श सम्बन्धी जानकारी प्रदान गर्नेछन्।
मेलामा सहभागी हुने प्रमुख शैक्षिक संस्थाहरूमा निम्न कलेज र विश्वविद्यालयहरू समावेश छन् —
Georgian College: व्यावहारिक शिक्षण पद्धति र उद्योग–सम्बद्ध कार्यक्रमहरूको लागि प्रसिद्ध, विशेष गरी बिझनेस, IT, र इन्जिनियरिङ टेक्नोलोजी अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि उपयुक्त।
Durham College: टोरन्टो नजिकै अवस्थित यो कलेज रोजगारमुखी शिक्षाका लागि परिचित छ। यसले Co-op programs मार्फत विद्यार्थीहरूलाई अध्ययनकै क्रममा व्यावहारिक अनुभव दिलाउँछ।
University of Lethbridge: Alberta प्रान्तको एक प्रतिष्ठित विश्वविद्यालय, अनुसन्धान, विज्ञान, र व्यवस्थापन अध्ययनका लागि ख्यातिप्राप्त।
Sault College: Applied Arts, Health Science, र Aviation कार्यक्रमका लागि लोकप्रिय संस्था, जसले विद्यार्थीहरूलाई क्यानाडियन रोजगार बजारसँग प्रत्यक्ष जोड्ने अवसर प्रदान गर्छ।
Cambrian College: Northern Ontario क्षेत्रमा अवस्थित यो कलेज गुणस्तरीय शिक्षा, सस्तो ट्यूशन फी, र स्वास्थ्य, प्राविधिक र सामुदायिक सेवा कार्यक्रमहरूका लागि चिनिन्छ।
साथै, University of Windsor, University of Regina, St. Lawrence College जस्ता प्रतिष्ठित संस्थाहरूका प्रतिनिधिहरू पनि मेलामा सहभागी हुने अपेक्षा गरिएको छ।
यी संस्थाहरूका प्रतिनिधिहरूले मेलामा विद्यार्थीहरूलाई भविष्यमा PR pathways, छात्रवृत्ति अवसर, आवेदन प्रक्रिया, र करिअर योजनाबारे प्रत्यक्ष परामर्श दिनेछन्। विद्यार्थीहरूले आफ्ना शैक्षिक लक्ष्य, बजेट, र करिअर योजनाअनुसार कुन संस्था उपयुक्त हुन्छ भन्नेबारे व्यक्तिगत सल्लाह लिन सक्नेछन्।
निःशुल्क प्रवेश र पूर्व–दर्ता सुविधा
कार्यक्रम दिउँसो १२:०० बजेदेखि ५:०० बजेसम्म सञ्चालन हुनेछ र प्रवेश निःशुल्क रहनेछ। इच्छुक विद्यार्थीहरूले CSC Global Education Foundation को आधिकारिक वेबसाइट वा सोसल मिडिया पेजमार्फत पूर्व–दर्ता (pre-registration) गर्न सक्नेछन्।
CSC Global का अनुसार, यस मेलाको उद्देश्य नेपाली विद्यार्थीहरूलाई क्यानाडामा गुणस्तरीय शिक्षा र विश्वव्यापी अवसरहरूमा जोड्ने हो।













