काठमाडौं ।अमेरिका भ्रमणमा रहेका अर्थमन्त्री रामेश्वरप्रसाद खनालले नेपाललाई प्राकृतिक र सांस्कृतिक सम्पदाले भरिपूर्ण देश भन्दै विश्व समुदायलाई भ्रमणको लागि आग्रह गरेका छन्।
बिहीबार वासिङ्टन डीसीमा विश्व बैंक समूहद्वारा आयोजित ‘दिगो पर्यटनस् रोजगारी, जीवनयापन र आर्थिक वृद्धिका लागि’ विषयक छलफलमा बोल्दै उनले नेपाल आतिथ्यका लागि उत्कृष्ट गन्तव्य भएको बताए।
उनले नेपालले पर्यटकलाई न्यानो स्वागत र विश्वस्तरको सेवा प्रदान गर्दै आएको उल्लेख गरे। कार्यक्रममा विभिन्न देशका प्रतिनिधिहरूको सहभागिता रहेको अर्थ मन्त्रालयले जनाएको छ।













