
काठमाडौं, १३ मंसिर । नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले तत्काल वाम गठबन्धनको सरकार बन्ने सम्भावना नरहेको बताउनुभएकाे छ।
आज पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष नेपालले राष्ट्रिय राजनीतिबारे पार्टीभित्र गम्भीर छलफल भएको समेत जानकारी दिनुभयाे ।
अध्यक्ष नेपालले मतगणना नै नसकिएकाले हालसम्म सरकार गठनबारे भने कुनै पनि छलफल नभएको उल्लेख गर्नुभयाे ।
आफ्नो पार्टीले निर्वाचनमा थ्रेस होल्ड कटाउनेसमेत अध्यक्ष नेपालले दाबी गर्नुभएकाे छ ।