जनतामा फैलाइएकाे भ्रक चिर्न सुशासन र विकास -प्रचण्ड

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १३ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुशासन र विकासबाट जनतामा फैलाइने भ्रम छर्ने प्रवृत्तिलाई अन्त्य गरिने बताएका छन् ।

ललितपुरको खुमलटारमा मंगलबार बिहान गोरखा–काठमाडौं सम्पर्क मञ्चले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनतामा छर्ने गरिएको भ्रमलाई चिर्न सुशासन कायम गर्दै देशको विकास र समृद्धि गर्नुपर्नेमा जोड दिए ।

गोरखाका जनताको भरोसा र विश्वासको बलमा आफूले राष्ट्रिय एकता र सुशासन कायम गर्दै देशको समृद्धि र विकास गर्न सकिने बताएका प्रचण्डले आगामी पाँच वर्षमा गोरखाली जनताले महसुस गर्नेगरी विकास गरिने प्रतिबद्धता जनाए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्