सुकुम्वासी बस्ती हटाउन थालेपछि काठमाण्डौको थापाथली क्षेत्रमा तनाव

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १२ मंसिर । काठमाण्डौ महानगरपालिकाले सुकुम्वासी बस्ती हटाउन थालेपछि काठमाण्डौको थापाथली क्षेत्रमा तनाव भएको छ ।

अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिले यसअघि नै सुकुम्वासी बस्ती खाली गर्न सूचना जारी गरेको थियो ।

समितिलाई काठमाण्डौ महानगरपालिकाले पनि साथ दिएको छ ।

आजसुकुम्वासी बस्ती खाली गराउन समिति र महानगरको टोली प्रहरीसहित थापाथली पुगेपछि तनाव भएको हो । सुकुम्वासी बस्तीका बासिन्दाले थापाथली क्षेत्रमा टायर बाल्दै प्रहरीमाथि ढुङ्गामुढा गरेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्