कमलबजार नगरपालिकामा घुम्ती कानुनी शिविरसम्पन्न,
रमिता बि,क
महिला बालबालिका तथा सीमान्तकृत समूहको न्यायमा पहुँच अभिवृद्धिका लागि घुम्ती कानुनी शिविर कमलबजारमा आज सम्पन्न भएको छ। सोही शिविरमा २३ जनाले सेवा लिएका छन् ।
गएको आर्थिक सहयोग तथा आस्था नेपालको सहजीकरण र कमलबजार नगरपालिकाको साझेदारी मा महिला बालबालिका तथा सीमान्तकृत समूहको न्यायमा पहुँच अभिवृद्धि परियोजना अन्तर्गत न्यायमा पहुँच नभएका व्यक्तिहरूको न्यायमा पहुँच अभिवृद्धि गर्नका लागि घुम्ती कानुनी शिविर सञ्चालन गरिएको आस्था नेपालका फिल्ड अधिकृत दिलबहादुर शाहीले जानकारी दिनु भएको छ ।
कमल बजार नगरपालिकाका नगर उपप्रमुख शारदाकुमारी बिष्टको अध्यक्षतामा सुरु भएको कार्यक्रममा कार्यपालिका सदस्य मनाओड निमित्त प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर शाही योजना शाखा प्रमुख खड्ग बहादुर बिष्ट आस्था नेपालका कार्यसमिति सचिव कृष्णदेवकोटा उजुरी शाखा प्रशासक रामबहादुर बिष्ट मनोसामाजिक परामर्शकर्ता कल्पना देवकोटा आस्था नेपालका कर्मचारी तपेन्द्र ठकुल्ला लगायत सम्पूर्णको सहभागिता रहेको सोही शिविरमा सेवा ग्राही अन्तर्गत १४ जना महिलाले कानुनी सेवा लिएका छन् भने ७ जना महिला र तीनजना पुरुषले मानसिक सम्बन्धी परामर्श सेवा लिएका छन् ।
जस अन्तर्गत श्रीमानले बहुविवाह गरेर अलपत्र परेका महिलाहरू सबैभन्दा धेरै रहेको घुम्ती शिविर को तथ्याङ्कले देखाएको छ।
न्यायको पहुँचबाट टाढा रहेकाहरूका लागि कानुनी सेवा सम्बन्धी घुम्ती शिविर समुदाय स्तरमा वास्तवमा एकदमै राम्रो र प्रभावकारी भएको सेवा लिने सेवाग्राहीले बताएका थिए ।
आफ्नै गाउँघरमा यस्तो शिविर सञ्चालन हुनु निकै खुसीको कुरा भएको पनि उनीहरुले आफ्नो धारणा राखेका थिए। सोही शिविर अछाम जिल्लामै आस्था नेपालले पहिलोपटक गरेको छ।
सोही कार्यक्रममा बोल्दै कमलबजार नगरपालिकाका नगरप्रमुख शारदा कुमारी बिष्टले महिला बालबालिका तथा सीमान्तकृत समूहको न्यायमा पहुँच अभिवृद्धि कानुनि शिविरले धेरै महिला दिदीबहिनीहरूले सेवा लिन पाएको र र उनीहरूको जीवनमा केही राहत पुगेको बताउँदै यो शिविर सञ्चालन गरेकोमा संस्थालाई धन्यवाद व्यक्त गर्दै आफ्नो तर्फबाट पनि यस्ता खालका कार्यक्रमहरूलाई साथ र समर्थन गर्ने प्रतिबद्धता जनाउनु भएको थियो ।
सोही कार्यक्रममा बोल्दै कमल बजार नगरपालिकाका योजना शाखा प्रमुख बिष्टले यस्ता खालका शिविरले महिलाहरूलाई कानुनी पहुँचमा पुग्नको लागि निकै राहत पुगेको बताउँदै यो शीघ्र एकदमै प्रभावकारी भएको पनि उहाँले बताउनुभएको थियो।












