प्रधानमन्त्री भदौ १४ गते चीन भ्रमणमा जाँदै, भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता हुने

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ, २९ साउन । प्रधानमन्त्री केपी शर्मा ओली आगामी भदौ १४ गते चीन भ्रमणमा जाने भएका छन् । तियानचिनमा हुने सांघाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्रीको चीन भ्रमणमा जाने भएका हुन् ।

शिखर सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसमेत सहभागी हुँदैछन् । सोही अवस्मा भारतीय समकक्षी मोदी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता हुने बालुवाटार स्रोतले जनाएको छ ।

यस्तै, चीन भ्रमणकै क्रममा चिनिया राष्ट्रपति सी चिनफिङसँग पनि भेटवार्ता हुने सम्भावना रहेको स्रोतले जनाएको छ । एससीओको शिखर सम्मेलन सम्मेलन भदौ १५ र १६ गते हुनेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्