काठमाडौं । जिल्ला प्रहरी परिसर, काठमाडौँले आर्थिक बर्ष २०८१र८२ मा काठमाडौंमा अपराधका घटनामा बृद्धि भएको जनाएको छ ।
काठमाडौं प्रहरीले बुधबार पत्रकार सम्मेलन गर्दै आर्थिक बर्ष २०८०र८१ को तुलनामा २०८१र८२ मा काठमाडौंमा अपराधका घटनामा शुन्य दशमलव ३३ प्रतिशतले बृद्धि भएको जनाएको छ ।आर्थिक बर्ष २०८१र८२ मा १२ हजार ९ सय १५ अपराधका घटना दर्ता भएको परिसरले जनाएको छ ।
धेरै संख्यामा दर्ता भएका उजुरीहरुमा बैकिंङ कसुर पहिलो नम्वरमा रहेको छ भने त्यसपछि क्रमश अभद्र व्यवहार, चोरी, ठगि, लागूऔषध, आत्महत्या, जवरजस्ती करणी, ज्यानमार्ने उद्योग लगाएत रहेको काठमाडौँ प्रहरी प्रमुख एसएसपी बिश्व अधिकारीले जानकारी दिए । अपराधका घटना बढ्दै गएपनि जनशक्ति भने अपुग रहेको उनले बताए। काठमाडौंमा कुल दरबन्दी ४ हजार १६ रहेकोमा हाल कार्यरत जनशक्ति ३ हजार २ सय ३३ मात्रै रहेको अधिकारीले जानकारी दिए ।
उनले जनशक्ति कम हुँदाहुँदै पनि शान्ति सुरक्षामा कुनै कमि हुन नदिने गरि प्रहरी परिचालन गरिएको उल्लेख गरे । त्यस्तै जिल्ला प्रहरी परिसर, काठमाडौँले बिपद्का घटनामा समेत प्रभावकारी ढंगले काम गर्न सफल भएको जनाएको छ ।
स्थापनाकालमा ४६ वटा सिआरभी भ्यान रहेकोमा हाल ३८ वटा सिआरभी भ्यान सञ्चालनमा रहेको, ६३ वटा क्युआरटी सञ्चालनमा रहेको काठमाडौं परिसरले जानकारी दिएको छ ।












