नाउपाले सरकारलाई दिएको समर्थन फिर्ता लिदै, राज्यमन्त्री चौधरीले आज प्रधानमन्त्रीलाई राजीनामा बुझाउने

खबर बुक
  • ख-
  • ख+

काठमाण्डौं, २२ असार । नागरिक उन्मुक्ति पार्टी नाउपाले सङ्घीय सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । पार्टीको संसदीय दलको बैठकले प्रधानमन्त्री केपी शर्मा ओली सरकारबाट बाहिरिने निर्णय गरेको हो ।


प्रधानमन्त्री ओली नेतृत्वको सरकारमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्रीमा नागरिक उन्मुक्ति पाटीका अरुण चौधरीले पार्टी सरकारबाट बाहिरिने निर्णय गरेसँगै राजीनामा बुझाउने तयारी गरेका छन् ।


संरक्षक रेशम चौधरी र अध्यक्ष रन्जिता श्रेष्ठको निर्देशन लगत्तै प्रधानमन्त्रीसमक्ष राजीनामा दिने तयारी गरिएको उनले बताए । समर्थन फिर्ताको निर्णय आज संसद् सचिवालयका दर्ता गराउने तयारी भइरहेको संसदीय दलका नेता गङ्गा चौधरीले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्