मौसम खरावीका कारण काठमाडौंतर्फ उडेको प्रभु हेलिकप्टर दैलेख अवतरण

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, असार २१ । मौसममा आएको खरावीका कारण हुम्लाबाट बिरामी बोकेर काठमाडौंतर्फ उडेको प्रभु हेलिकप्टर दैलेखको तल्लो डुंगेश्वरमा अवतरण गरिएको छ ।
एनजी(एएनएल कलसाइनको हेलिकप्टर खराब मौसमका कारण दैलेखको गुराँस गाउँपालिका(२ तल्लो डुंगेश्वरमा अवतरण गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक लालबहादुर सुनारले जानकारी दिएका हुन ।

हुम्लाको हिल्साबाट बिरामी लिएर काठमाडौंतर्फ उडेको हेलिकप्टर बाक्लो कुहिरोका कारण अगाडिको बाटो देख्न नसकेपछि आकस्मिक अवतरण गरिएको प्रभु हेलिकप्टरका प्रवक्ता नोवेलकुमार राजलवटले बताएका छन ।

शनिवार दिउँसो दैलेखको तल्लो डुंगेश्वरमा अवतरण गरिएको हेलिकप्टरमा टाउकोमा चोट लागेको बिरामी र चालक दलका दुई जनासहित पाँच यात्रु थिए । मौसम खुलेपछि हेलिकप्टर साँझ ५ बजे सुर्खेत विमानस्थलमा अवतरण गरिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्