टिकटकर रमा बस्नेतलाई ३० हजार धरौटीमा छाडन् आदेश

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, असार १२ । टिकटकमा अपशब्द बोलेको आरोपमा पक्राउ परेकी रमा बस्नेतलाई ३० हजार धरौटीमा छाड्न आदेश भएको छ। जिल्ला अदालत काठमाडौंले उनलाई धरौटीमा छाड्न आदेश दिएको हो।

न्यायाधीश विष्णुप्रसाद उपाध्यायको इजलासले बस्नेतलाई ३० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो।

प्रहरीको केन्द्रीय साइबर ब्यूरोले बस्नेतलाई भक्तपुरबाट पक्राउ गरेर विद्यतुीय कारोबार ऐनको कसुरमा अनुसन्धान गरेको थियो। उनले टिकटकमार्फत साइबर अपराध गरेको दाबी प्रहरीको थियो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्