पम्फालाई भारी मतले हराउदै ललितपुरबाट तोसिमा कार्की विजयी

न्युज कारखाना
  • ख-
  • ख+

काठमाडौं, ८ मंसिर
राष्ट्रिय स्वतन्त्र पार्टीका डा तोसिमा कार्की ललितपुर क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छन् ।

तोसिमाले ३१ हजार १३६ मतसहित संसदमा पुगेकी हुन् ।  निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अमृत खड्काले १२ हजार ९६३ मत पाउँदा ऊर्जामन्त्री एवं माओवादी उपमहासचिव पम्फा भुसालले तेस्रोमा झरिन् । उनले ८ हजार ७६९ मत मात्र पाइन् ।

तोसिमाको जितसँगै स्वतन्त्र पार्टीले पाँच सिट ल्याएको छ ।

०७४ को निर्वाचनमा भुसाल यस क्षेत्रबाट विजयी भएकी थिइन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्