चिसोबाट बच्न सावधानी अपनाउन अनुरोध

न्युज कारखाना
  • ख-
  • ख+

काठमाडौं, ८ मंसिर
देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १, बागमती र गण्डकीका पहाडी  भूभागमा आंशिक बदली रहने छ । बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने आकलन गरिएको छ ।

राति भने देशभर मौसम सामान्यतया सफा रहनेछ । शुक्रबार पहाडी भेगमा आंशिक बदलीको सम्भावना छ ।

पछिल्लो समयमा तापक्रम भने घट्दै गएको छ । महाशाखाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउ अनुरोध गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्