आन्दोलन अब नयाँ ढंगले अघि बढ्छ : कमल थापा

खबर बुक
  • ख-
  • ख+

काठमाडौं ।   राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजसंस्था र हिन्दू राज्य पुनस्र्थापनाको माग राख्दै आफुहरुले गरिरहेको आन्दोलन नयाँ ढंगले अघि बढ्ने बताएका छन ।

राप्रपा नेपालले बिहीबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा अध्यक्ष थापाले आफुहरुले गरेको आन्दोलनमा केहि कमिकमजोरी भएको भन्दै त्यसलाई सच्चाउदै नयाँ ढंगले आन्दोलन अघि बढाउने बताएका हुन ।

उनले आफुहरुको आन्दोलन तुहिएको हो कि भन्ने भ्रममा नरहन आग्रह समेत गरे । आफुहरुको मुद्दालाई निर्णायक तहमा पुराउन संयुक्त जनआन्दोलन परिचालन समिति आगामी दिनमा सशक्त रुपमा आउने उनले बताए ।

संयुक्त जनआन्दोलन परिचालन समितिबाट केहि समूहहरु अलग हुन थालेको भन्ने भ्रममा नरहन आग्रह गर्दै अध्यक्ष थापाले समिति अहिले पनि एकताबद्ध रहेको दावी गरे ।

उनले राजसंस्थासहितको प्रजातन्त्रको कुरा गरेर निरंकुश व्यवस्थातर्फ फर्किन लागेको भन्ने कुरामा सत्यता नरहेको बताए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्