एमाले सचिव योगेश भट्टराई २०८ मतान्तरले विजयी

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ७ मंसिर। एमाले सचिव योगेश भट्टराई प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । ताप्लेजुङबाट उम्मेदवार बनेका उनले माओवादी केन्द्रका खेलप्रसाद बुढाक्षेत्रीलाई पराजित गरेका हुन् ।

भट्टराईले २१ हजार नौ सय ४३ र बुढाक्षेत्रीले २१ हजार सात सय ३५ मत पाएका छन् । मतगणना सकिए पनि वियजी हुने उम्मेदवारको औपचारिक घोषणा भने गरिएको छैन ।

बुढाक्षेत्रीलाई सत्ता गठबन्धनको समर्थन थियो । भट्टराई २०७४ मा पनि ताप्लेजुङबाटै निर्वाचित भएका थिए । त्यसअघि दुईवटा निर्वाचनमा उनी काठमाडौं ६ बाट पराजित भएका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्