
काठमाडौँ । ग्वार्को फ्लाइओभरको काम अन्तिम चरणमा पुगेको छ ।
तोकिएको समय भन्दा निकै ढिला गरी निर्माण भएको फ्लाइओभरको आवश्यक संरचना निर्माण सकिइसकेको छ भने रंगरोगन र कालोपत्रेको काम भइरहेको छ ।
यसअघि पनि जेठ महिनासम्ममा निर्माण सकेर सञ्चालनमा आउने भनिएको यो फ्लाइओभर अब असारदेखि सुरू हुने भएको छ ।
अहिलेको अवस्थामा फ्लाइओभरको कोटेश्वरतर्फ कालोपत्र सकेर रंगरोगनको काम भइरहेको छ । यस्तै सातदोबाटोतर्फको खण्डमा कालोपत्रेको काम भइरहेको छ ।
कुल ४५५ मिटरको लम्बाइ हुने फ्लाइ ओभरमा ग्राउण्ड क्लियरेन्स ६ मिटर रहेको छ ।







