अछाम २ मा कांग्रेसका शाह ६ हजार मतले अघि

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ७ मंसिर । प्रतिनिधिसभाअन्तर्गत अछाम २ मा नेपाली कांग्रेसका उम्मेदवार पुष्पबहादुर शाहले अग्रता फराकिलो पारेका छन् । बुधबार बिहान ११ बजेसम्म ३३४१८ मत गणना हुँदा शाहले एमाले उम्मेदवार यज्ञबहादुर बोगटीलाई ६ हजारभन्दा बढी मतले पछि पारेका छन् ।

शाहले १८९८४ र बोगटीले १२७६० मत पाएका छन् । अछाम १ बाट भने एकीकृत समाजवादीका शेरबहादुर कुँवर विजयी भइसकेका छन् । उनले एमालेका झपट रावललाई पराजित गरे ।

२०७४ को निर्वाचनमा वाम गठबन्धन हुँदा अछामका दुवै क्षेत्र एमालेले जितेको थियो । यसपटक एमालेले भीम रावललाई समेत टिकट नदिएकाले त्यसको असर चुनावमा देखिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्