गोरखा २ मा प्रचण्डलाई ६,५५७ मतको अग्रता, पछ्याउँदै रास्वपा उम्मेदवार

न्युज कारखना
  • ख-
  • ख+

काठमाडौं, ६ मंसिर

गोरखा क्षेत्र नम्बर २ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अग्रता लिएका छन् ।  अध्यक्ष प्रचण्डले ९ हजार ५२७ मतसहित अग्रता कायम गरेका छन् ।

उनी आफ्ना निकटतम प्रतिद्वन्द्वी भन्दा ६ हजार ५५७ मतले अघि छन् । दोस्रोमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार कवीन्द्र बुर्लाकोटीले २९७० ल्याएका छन् । यस्तै नेकपा एमालेका उम्मेदवार अब्दुस सलिम मियाँले  २१४५ मत प्राप्त गरेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्