रुपन्देही २ मा विष्णु पौडेल ६५ मतले मात्रै पछाडि

खबर बुक
  • ख-
  • ख+

बुटवल, ६ मंसिर । रुपन्देही क्षेत्र नम्बर २ मा एमालेका विष्णु पौडेल ६५ मतले मात्र पछि परेका छन् ।

करिब पाँच सय मतले पछाडि परेका पौडेलले मतान्तर घटाउँदै ६५ मा झारेका हुन् ।

पछिल्लो विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले चार हजार एक सय ३४ मत ल्याउँदा एमाले उपाध्यक्ष समेत रहेका पौडेलले चार हजार ६९ मत ल्याएका छन् । यहाँ अहिलेसम्म १२ हजार तीन सय मत मात्र गणना भएको छ ।

रुपन्देही २ मा ८१ हजार दुई सय दुई मत खसेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्