भक्तपुर २ मा कांग्रेसका दुर्लभ थापा एमालेका महेश बस्नेतभन्दा एक हजार मतले अघि

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ६ मंसिर । प्रतिनिधिसभाअन्तर्गत भक्तपुर २ मा कांग्रेस उम्मेदवार दुर्लभ थापा र एमाले उम्मेदवार महेश बस्नेतबीच कडा प्रतिस्पर्धा छ । थापाले सुरुदेखि नै अग्रता लिइरहेका छन् ।

मंगलबार दिउँसो साढे १ बजेसम्मको मतगणनाअनुसार थापाले १४०९६ मत पाएका छन् । एमालेका बस्नेतले १३०४३ मत प्राप्त गरेका छन् । थापा र बस्नेतबीच १०५३ मतको अन्तर छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्