महोत्तरीमा रोचक भिडन्त : माओवादी नेता पाेखरेललाई पछि पार्दै एमालेक महताेकाे अग्रता

खबर बुक
  • ख-
  • ख+

महोत्तरी, ६ मंसिर । मतगणना भएका महोत्तरीमा क्षेत्रहरूमा रोचक प्रतिस्पर्धा देखिएको छ ।

महोत्तरी क्षेत्र नम्बर १ मा माओवादीका उपमाहासचिव गिरिराजमणि पोखरेलको चर्चा चलिरहेको वेला उनलाई एमालेका लक्ष्मी महतोले पछि पारेका छन् ।

अहिलेसम्मको मतगणनाअनुसार महतोले २८३० मत पाएका छन भने पोखरेलले २१७१ मत ल्याएर पछ्याइरहेका छन् । गौशालाको नगरपालिकाको वडा न. १ र २ को मतगणना सकिँदा पोखरेल ६४९ मतान्तरले पछाडि परेका छन ।

लोसपाका अध्यक्ष महन्थ ठाकुरलाई पनि क्षेत्र नम्बर ३ मा स्वतन्त्र उम्मेदवार रामआधार कापरले पछि पारेका छन् । क्षेत्र नम्बर ३ बाट चुनावी प्रतिस्पर्धामा रहेका उनभन्दा कापर १००८ ले अघि छन् ।

क्षेत्र न. ४ मा भने मतगणना सुरु भएको छ । औरहीबाट मतगणना सुरु भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्