राष्ट्र बैंकको गभर्नर नियुक्तिका बिषयमा सत्तारुढ दलभित्र कुनै मतभेद छैन -महेश बर्ताैला

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, बैशाख २६ । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले राष्ट्र बैंकको गभर्नर नियुक्तिका बिषयमा सत्तारुढ दलभित्र कुनै मतभेद नरहेको बताउनुभएको छ ।

शुक्रबार संसद भवन बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै बर्तौलाले गभर्नर नियुक्तिमा केहि ढिलाइ भएपनि यस बिषयलाई लिएर सत्तारुढ दलभित्र कुनै मतभेद नरहेको बताउनुभएको हो । उहाले केहिदिनभित्रै नियमित प्रक्रियाबाट सरकारले गभर्नर नियुक्त गर्ने दावी गर्नुभयो । गभर्नर भन्ने पद कुनै दलको नहुने भन्दै उहाले सरकारले उपयुक्त पात्रलाई उपयुक्त समयमा नियुक्त गर्ने बताउनुभयो ।

फरक प्रसंगमा बर्तौलाले संविधान बिपरित गतिविधि गर्ने जोकोहिलाई पनि कानूनी दायरामा ल्याउनुपर्ने उल्लेख गर्नुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्